प्युठान, २४ साउन
बाढीपहिरोले पाइप बगाएपछि जिल्लाका फोप्ली, अर्खा रजवारा, पुँजा, खबाङ, लिघा, डामृ, माझकोट, ओखरकोट, खुङ लगायत दर्जनौं गाविसमा खानेपानीको समस्या परेको छ । बाढी पहिरोले पाइपलाइन, इन्टेक बगाएर मुहान पुरेपछि खानेपानीको समस्या भएको हो । धारामा पानी आउन छाडेपछि स्थानीयले खोला, खोल्साको धमिलो पानी पिउने गरेका छन् । फोहोर पानीले झाडापखालाको सम्भावना बढेको भन्दै गाउँमा त्रास फैलिएको छ ।index11

झाडापखाला फैलने त्रासले फोप्लीमा स्वास्थ्य शिविरसमेत चलाइसकिएको छ । पहिरोले गाउँका खानेपानी आयोजनाहरू बगाएपछि सबै गाउँलेले खोलाको पानी खान वाध्य भएको अर्खा–६ पैयूँपाटाका दलबहादुर रानाले वताउनुभयो ।

अर्खा–८ को लुकुरवन, लेकछहरा, ठूलाचौर, डाडाँगाउँ लगायत स्थानमा निर्माण गरिएका खानेपानीका आयोजनाहरू बाढीले बगाएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्यूठानका प्राविधिक नरेन्द्रबहादुर थापाले बताए ।।