काठमाडौं, साउन २४ 
साउदीका राजा सलमान विन अब्दुल्लाजिज अल साउदले कामदारको दिन बाँकी रकम तत्काल दिलाउन निर्देशन दिनुभएको छ । श्रम तथा सामाजिक विकास मन्त्रालयलाई अर्थमन्त्रालयसँग समन्वय गरि रोजगारदाता कम्पनीलाई दवाव दिन निर्देशन दिनुभएको हो ।
राजा सलमानले सबै कम्पनीलाई कामदारको पाउनबाँकी तलव तत्काल चुक्ता गर्न निर्देशन दिंदै सबै तलव भुक्तानी नगरेसम्म सरकारबाट रोजगारदाता कम्पनीले पाउन बाँकी रकम रोकिने भएको छ ।

king_saudi साउदीमा कार्यरत आप्रवासी कामदारले तलव नपाएको गुनासो बढेपछि राजाले यस्तो निर्देशन दिनु भएको अरब न्युजले जनाएको छ ।
साउदीको निर्माण कम्पनी ओगरले हजारौं कामदारको तलव ९ महिनादेखि नदिएको उजुरी परेको थियो । लामो समयदेखि काम गरेको तलव नपाएपछि कम्पनी कार्यरत कामदार आन्दोनमा उत्रिएका छन् । उनीहरुले कम्पनी प्रशासनले बेवास्ता गरेको भन्दै जेद्दाको सडकमा उत्रीएर नाराबाजी गरेका थिए ।
समस्यामा परेका कामदारलाई आवस सुविधा उपल्व्ध गराउन श्रम मन्त्रालयलाई निर्देशन दिनु भएको छ । भारत र फिलिपिन्सका कामदारलाई आफ्नै देशको सरकारले खाद्य सामाग्रि वितरण गरेपनि अन्य देशका कामदारको भने विजोग भएको भन्दै सबै देशका कामदारलाई समान रुपमा वितरण गर्न भनिएको छ ।।