दाङ, २४ साउन
दाङ रामपुर बालीम खोलाका अशक्त वृद्ध दम्पत्तिको लागी सहयोग उठ्ने क्रम जारी रहेको छ । आइतवार घोराहिस्थित ग्लोबल आइएमइ मा कार्यरत ११ जना कर्मचारीले उनीहरुको आवास निर्माणका लागी १५ रुपैया नगद सहयोग गरेका छन ।kk

कर्मचारीहरुले स्वऐच्छिक रुपले जम्मा गरेको उक्त रकम ब्रान्च म्यानेजर बसन्त रेग्मीले आवास निर्माणका लागि सँयोजन गरिरहनुभएका बिद्यार्थी नेता प्रकाश शाहीलाई हस्तान्तरण गर्नुभएको हो ।

केहि दिन पहिले शाीले जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गर्नुभएपछि र सन्चारमाध्यममा ति वृद्ध दम्पत्तिक वारेमा समाचार पढेपछि सहयोग गर्नेहरु वढेका छन ।

हिजो मात्रै नयाँ शक्ति दाङले ३ हजार १ सय रुपैयाँ सहयोग गरेको थियो । यसैविच दाङ निर्माण व्यवसायी संघका महासचिव शोकवहादुर रोकाले ५ हजार रुपैया सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको शाहीले वताउनुभयो ।।