दाङ, २४ साउन
विश्व आदिवासी दिवस दाङमा पनि मनाउन सुरु गरिएको छ । पहिचान र अधिकारसहितको सङ्घीयता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान’ भन्ने नाराका साथ भोली परेको २२ औं विश्व आदिबासी दिवसका अवसरमा आज त्रिपुर र भोली भालुवाङमा कार्यक्रम आयोजना गरिदैछ ।janajati-feature-800x500_c

आज त्रिपुरको नारायणपुरमा नेपाल आदिवासी जनजाति महाँसंघ घोराही समन्वय परिषद र त्रिपुर समन्वय परिषदले संयुक्त रुपमा आज ¥याली तथा छलफल कार्यक्रम गरी दिवस मनाउदैछन । यसैगरी भोली २५ गते नेपाल मगर पत्रकार संघ दाङले भालुवाङमा कार्यक्रम आयोजना गर्दैछ ।

भोली मद्यान्न १२ बजे भालुवाङको पुल्चोकमा ‘आदिवासी जनजाति समुदायको कला संस्कृति संरक्षणका लागी सरोकारवालाको भुमिका’ विषयक छलफल कार्यक्रम गरिने संघका अध्यक्ष रेखा मगरले जानकारी दिनुभयो ।

साथै कार्यक्रममा सहभागिताका लागी सवैमा संघले आग्रह समेत गरेको छ । दिवसका अवसरमा दशैभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन ।।