तुलसीपुर , साउन । राष्ट्रिय परीक्षा वोर्ड नेपालले भर्खरै सार्वजनिक गरेको कक्षा १२ विज्ञान संकायको नतिजामा पब्लिक ज्ञानज्योति उच्च मावि तुलसीपुर मध्यपश्चिम प्रथम भएको कलेजले दावि गरेको छ ।

gyan jyoti photo

कलेजका वलदेव गिरीले ८५.८ प्रतिशत अंक ल्याएर मध्यपश्चिम प्रथम भएको विज्ञान संकाय संयोजक सुन्दर देवकोटाले वताउनुभयो  । गिरीले कुल ५०० अंकमा ४२९ ल्याएका छन् ।

कलेजबाट २१  जनाले विशिष्ट श्रेणीमा उत्तिर्ण गरेको पनि संयोजक देवकोटाले वताउनुभयो । यस अघि पनि विद्यालयले निरन्तर रुपमा मध्यपश्चिममै उत्कृष्ट नतिजा ल्याउदै आएको विद्यालयका प्राचार्य सुरेन्द्र जिसीले वताउनुभयो ।