तुलसीपुर २४ साउन । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा दाङबाट प्रकासित नौलो जनउभार साप्ताहिकका प्रकाशक अजयदीप शर्मालाई मातृशोक परेको छ ।
शर्माकी ममतामयी आम त्रिपुर १ नारायणपुर निवासी लोककुमारी रिजालको आज सोमबार बिहान ७ बजे तिर निधन भएको हो ।
बिगत एक बर्ष देखी ब्रेन ट्युमरको समस्यामा रहनुभएकी रिजालको ७९ बर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
