देउखुरी २३ साउन
दाङ सहित विभिन्न जिल्लाका थारुहरुले बिशेष पर्वको रुपमा “गुरही” मनाइरहेका छन । थारु जतिहरुको पर्वको शुरुवात गुरही पर्वबाट हुने भएकाले उनीहरुहरुले यस पर्वलाई बिशेष पर्वको रुमा मनाउने गर्दछन् । नागपञ्चमीकै दिन यो पर्व मनाइने हुनाले आज गुरहीलाई थारु समुदायले धुमधामका साथ मनाउँदैछन् ।
‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ । नागबाबालाई घरको द्वारमा टाँसेर पूजा गर्नुको आशय दुःख, कष्ट र रोगव्याधीलाई नागबाबाले घरमा प्रवेशबाट रोकून् भन्ने मान्यता रहेको थारु अगुवा सनिराम चौधरीले बताउनु भयो ।
गुरहीकै दिन देखि वर्षायाम अन्त्य भई हिउँद शुरु भएको समेत मानिन्छ, तर थारु समाजमा यो तिहारलाई फरक किसिमले लिने गरिन्छ । खेतीपातीको काम भ्याएर सबैजना घरमा फुर्स्िदलो भएका बेला आउने यो पर्व पर्दछ । यसलाई नागपञ्चमीको रुपमा पनि मनाइन्छ । थारु समाजमा ‘गुरही, गुर्या’ भनेर मनाइने यस पर्वलाई नेपाली समाजले नागपञ्चमी भनेर मनाउँछ ।।
