घोराही, ७ बैशाख
राप्तीका युवा कविहरुको साहित्यीक अभियान कलेज कविता अभियानले सोमवार दोस्रो बार्षिकोत्सब मनाएको छ । राप्ती शिक्षा क्याम्पस घोराहीबाट सुरु गरेको अभियान दुई वर्ष पुगेको अबसरमा एक कार्यक्रमको आयोजना गरी बार्षिकोत्सब मनाएको हो ।
राजनितिक आन्दोलनका क्रममा लेखिएका कविताहरु दृश्य मार्फत देखाएर कलेज कविता अभियानले बार्षिकोत्सब मनाएको हो । २०१२ साल देखि लेखिएका प्रतिनिधि कविताहरुलाई दृश्यमा कैद गरेर कलेज कविता अभियानले आज प्रस्तुत गरेको हो ।
पञ्चायतकालमा शासक विरुद्ध लेखिएका, गणतन्त्र स्थापनाका लागि लेखिएका र गणतन्त्र स्थापना पश्चात लेखिएका कविताहरुलाई दृश्यमा कैद गरी आज देखाईएको हो ।कवि नारायणप्रसाद शर्मा, चन्द्रकान्त उस्ताद, बासुदेब आचार्य, गिरीराज शर्मा, यज्ञबहादुर डाँगी, अमर गिरी, हरि पोख्रेल, के एल पीडित, टीकाराम उदासी, टीका बस्नेत, आस्था केसीका कविताहरु दृश्यमा देखाएर कलेज कविता अभियानले बार्षिकोत्सब मनाएको हो ।
कार्यक्रममा बोल्दै राप्ती साहित्य परिषदका अध्यक्ष पुरुषोत्तम खनाल, लेखक संघका अध्यक्ष खगराज न्यौपाने, कवि यमुना पुन लगाएतले नेपाली साहित्यको गद्य कविताको विकास र प्रबद्र्धनका लागि अभियानको योगदानको बारेमा प्रसंशा गर्नुभएको थियो । अभियान्ता नवीन अभिलाषीले धन्यबाद मन्तब्य दिनुभएको कार्यक्रमको सञ्चालन अर्का अभियान्ता घनश्याम अस्तित्वले गर्नुभएको थियो ।।