शान्त कुमार वुढा मगर
घोराही, ७ बैशाख
राजपुर गाबिस ९ खिड्की नाकाका अग्नि पिडितहरुले हिजो केही राहत सामग्री पाएका छन् । चैत्र २८ गते भारतिय भूमिबाट आएको डढेलोले खिड्कीका ११ घरहरु जलेर नष्ट भएपछि त्यहाँका अग्नि पिडितहरु भोकै बस्नुपर्ने अबस्था आएको थियो ।
featureभएका अन्नपात र कमाएर ल्याएका पैसा पनि सकिएपछि भोकै बस्नुपर्ने अबस्था आएको बेला निजि क्षेत्रबाट खाद्यान्न सहितका रातह सामाग्रि पुगेपछि केही राहत महशुस भएको अग्नि पिडित लोकेन्द्रबहादुर चन्दले बताउनुभयो । आज सरस्वति सामुदायिक वन उपभोक्ता समुह भौवानाकाले करिब २६ हजार मूल्य बराबरको खाद्यान्न सहयोग गरेको छ ।

वन समुहका अध्यक्ष प्रेमलाल बुढाको नेतृत्वमा गएको समुहले ६ क्विन्टल चामल, ४८ किलो आलु, ५० किलो गोभी, १२ लिटर खानेतेल र १२ किलो नुन गरि २६ हजार १ सय रुपैयाँ बराबरको खाद्यान्न पिडितहरुलाई बितरण गरिएको त्यहाँबाट अमृत खड्काले जानकारी दिनुभएको छ ।

यसैबिच आईएनएफ र एसटिएन टिभीले जुटाएको खाद्य र गैरखाद्य सामाग्रिहरु पनि खिड्कीका अग्नि पिडितलाई वितरण गरिदै छ । सो संस्थाहरुले खाद्यान्न सहित लत्ताकपडा र भाडाकुडा सहित पिडितको बस्तीमा गएका हुन ।

यस अघि जिल्ला दैवि प्रकोप उद्धार समितिको ५ हजार र जिल्ला बिकास समितिको एक हजार गरि प्रति परिवार ६ हजारका दरले पितिडलाई राहत बितरण गरिएको थियो । भौगोलीक बिकटताका कारण राहत पु¥याउन समस्या भएको छ । अहिले पनि पिडितहरु गोठ, रुखमुनी र बासीमा बस्दै आएका छन् ।।