दाङ, ७ बैशाख
वैदेशिक रोजगारीको शिलशिलामा युएइमा रहेका दाङका एक जनाको मृत्यु भएको छ । दाङ बाघमारे ५ सिमसुन्दरपुरका शैलेन्द्र ओलीको युएईको सारजामा मृत्यु भएको हो । युएईमा रहनुभएका भरत ओलीका अनुसार आइतबार ओली आफ्नै कोठामा मृत अवस्थामा भेटिनुभएको थियो ।
featureओली सारजामा रहेको मुम्ताज पेन्ट कम्पनीमा अफिसियलको रुपमा काम गर्दै आउनुभएको थियो । शब र उहाँको सम्पूर्ण सामान दुबै प्रहरीले छानबिनको लागि लगिसकेको छ । पोष्टमार्टम र प्रहरी अनुसन्धान पछाडि मात्र शब हेर्न पाइने त्यहाँको नियम रहेको छ ।

सो कम्पनीमा धेरै नेपालीले काम गर्ने भए पनि उनी उच्च दर्जाको कर्मचारी भएकाले ओलीलाई कम्पनीले आबासीय ब्यवस्था गरेको थियो । मृतक ओलीले केहि दिन अगाडि आफन्तलाई दिएको जानकारी अनुसार कम्पनीका म्यानेजरसँग विवाद रहेको थियो । ओली ढाई बर्ष पहिले दुबै जानुभएको थियो ।।