इन्द्रेणी संवाददाता
घोराही, ७ बैशाख ।
नारी सिप समाज दाङको आयोजनामा एक महिने च्याउ खेती सम्वन्धी तालिम सोमबार देखि घोराही– ६ फुर्सेखालीमा सुरु भएको छ । नारी सिप समाजका अध्यक्ष विष्णु थापाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन सिप विकास तालिम केन्द्रका प्रमुख शेरवहादुर खड्काले गर्नुभएको थियो ।
तालिम उद्घाटन कार्यक्रममा प्रशिक्षकहरु सुरस बुढा, नर्मदा शर्मा, बन उपभोक्ता समितिका सचिव दिनेश वली लगायतले बोल्नुभएको थियो । तालिममा घोराही नगरपालिका वडा नं. ६ का विभिन्न टोलका २०जना महिलाहरुको सहभागिता रहेको छ ।
तालिममा च्याउ खेती तरिकाका साथै व्यावसायीक सिपका बारेमा जानकारी दिइनेछ । तालिमका सहभागिलाई कृषि सम्वन्धी जानकारी दिइने नारी सिप समाजका अध्यक्ष विष्णु थापाले जानकारी दिनुभयो ।।