दाङ, ७ बैशाख
नेपाल राष्ट्रिय प्राध्यापक संगठनको ५ नम्बर प्रदेश भेला घोराहीमा सम्पन्न भएको छ । भेलाले शिवप्रसाद भुसालको संयोजकत्वमा ४३ सदस्यीय प्रदेश सम्मेलन आयोजक समिति गठन गरेको छ ।
शिबप्रसाद भुसालको अध्यक्षता, एकीकृत नेकपा माओवादी दाङकी सहइञ्चार्ज नारायणी शर्माको प्रमुख आतिथ्य तथा संगठनका ससंयोजक बिष्णु खनाल र त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्ट्रार चन्द्रमणि पौडेलको बिशिष्ठ आतिथ्यमा भेला भएको थियो ।
बैज्ञानिक समाजवादी शिक्षाको तयारीमा जुटौं भन्ने नाराका साथ शुरु भएको भेलाका सहभागीहरुले अब प्राध्यापकहरु समाजवादी शिक्षा नीति निर्माणको तयारीमा जुट्नुपर्ने बताएका थिए ।
उनीहरुले प्राध्यापकहरुले पार्टीलाई बैचारिक मार्गनिर्देशन गर्नुपर्ने र बैदेशिक निर्भर अर्थतन्त्रलाई स्वदेशी निर्भरतामा जोड दिनुपर्ने धारणा राखेका थिए । जर्मन चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन रमणकुमार शर्माले गर्नुभएको थियो ।।
