इन्द्रेणी संवाददाता
दाङ, २३ साउन
विभिन्न कारणले बजार क्षेत्रमा बालवालिकाहरु चोरी गर्ने काममा संलग्न हुने गरेका छन । आयस्तर कमजोर रहेका, अभिभावकको सम्वन्ध र रेखदेख नपाउनु, महत्वाकाँक्षी वन्नु र साथीभाइको संगतका कारण वालवालिकाहरु चोरी जस्ता कुलतमा फस्दै गएको पाइएको छ ।
यसैविच, ईलाका प्रहरी कार्यालय तुलसीपुरले बजार क्षेत्रमा चोरी गर्दै आएका १३ जना बालवालिकालाई नियन्त्रण पछि अभिभावकको जिम्मा लगाएको छ ।
बजार क्षेत्रमा हुँदै आएको चोरी नियन्त्रणका लागि १० देखि १४ वर्ष उमेर समुहका ति वालवालिाहरुलाई पक्राउ गरि अभिभावकको जिम्मा लगाइएको ईप्रका तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाँईले वताउनुभयो ।
डिएसपी प्रसाँईका अनुसार प्रहरीले नियन्त्रणमा लिएका १३ जना मध्ये १२ जनालाई अभिभावकको जिम्मा लगाइएको छ भने एकजना बालक सल्यानका रहेका छन । बजारका ठाउँ ठाउँमा चोरीको घटना बढ्नु र त्यसमा बालवालिकाकै सम्लग्नता पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।।