चितवन, साउन २३
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले देश र नागरिकको पक्षमा काम गर्न नसक्ने वताउनुभएको छ । संसदीय व्यवस्थामा सरकार बनाउनु र भत्काउनु सामान्य रहेको भन्दै यस्तो व्यवस्थाले देशको विकास हुन नसक्ने बैद्यले बताउनुभयो ।
आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष वैद्यले अहिलेको सरकार दक्षिणपन्थीको समर्थनमा बनेको आरोप लगाउउनुभयो । अर्को प्रसंगमा वैद्यले आफ्नो पार्टीले उपरकर्णाली आयोजना र सुकुम्बासी समस्या समाधानका लागि छिट्टै राष्ट्रव्यापी आन्दोलन गर्ने जानकारी दिनुभयो ।
माथिल्लो कर्णाली देशकै लगानीमा बन्नु पर्ने भन्दै भारतीय कम्पनीलाई दिएको बिरोधमा असोज २६ गते देशव्यापी विरोध प्रदर्शन गर्ने र सुकुम्बासी समस्या समाधानको माग गर्दै आउँदो भदौ १५ गते देशव्यापी आन्दोलन गर्ने उहाँले जानकारी दिनुभयो ।।











