देउखुरी २३ साउन
दाङका स्वास्थ्य संस्थारुमा भाईरल ज्वरोका बिरामी बढ्दै गएका छन् । चर्को गर्मी तथा लगातारको बर्षात संगै आएको बाढीका कारण भाईरल ज्वरोका बिरामी बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । खासगरी दाङको देउखुरी क्षेत्रमा मौसम र वाढीप्रभावित क्षेत्रका सर्वसाधारणमा भाइरल ज्वरोको प्रकोपजस्तै देखिएको छ । health

देउखुरीको लालमटिया स्वास्थ्य चौकीमा केही दिन यता त्यस्ता विरामीहरु ह्वात्तै बढेका छन । हाल स्वास्थ्य चौकीमा लालमटिया, सिसहनियाँ, गोबरडिहा, हाँसीपुर, प्यूठानको बाङ्गेसाल, अर्घाखाँचीको जलुकेबाट गरी दैनिक एक सय बढी भाईरल ज्वरोका बिरामी पुग्ने गरेका छन ।

लालमटिया स्वास्थ्य चौकीका सह—इन्चार्ज नवराज न्यौपानेका अनुसार भाईरल ज्वरो, टाईफाइड र आँखा पाक्ने रोगका बिरामी उपचारका लागी पुग्ने गरेका छन । मौसम प्रतिकुल, खानपानमा ध्यान नदिनु, सरसफाईको कमी र सुरुवा भाईरल ज्वरोका कारण विरामी वढेका हुन ।।