इन्द्रेणी संवादाता
दाङ, २३ साउन
दाङ रामपुर वालिमखोलाका वृद्धवृद्धाका लागी सहयोगी हातहरु बढ्न थलेका छन । रामपुर गविस ३ स्थित बालीम खोलाको डिलमा एउटा झुप्रोमा कष्टपुर्ण दिन काटिरहेको दम्पत्तिलाई आज नयाँ शक्ति नेपालले पनि सहयोग गरेको छ । ८३ वर्षिय नमबहादुर विक र ८० वर्षिय आइती विकलाको दम्पत्तिलाई नयाँ शक्ति नेपाल दाङ ३ हजार १ सय रुपैयाँ प्रदान गरेको हो ।ss

नयाँ शक्तिका केन्द्रीय परिषद सदस्य तथा दाङका संयोजक धिरज सेर्पाली, नयाँ शक्ति नेपालका केन्द्रीय परिषद सदस्य शिला पुन मल्ल लगायत नयाँ शक्ति दाङका नेताहरूले नयाँ शक्ती दाङको तर्फबाट राहत स्वरुप उक्त रकम प्रदान गर्नुभएको थियो । विक दम्पत्तिको दैनिकी एउटा झुप्रोमा वितिरहेको छ ।

साथै उनीहरु वस्दै आएको सानो झुप्रो वर्षाका कारण जोखिममा रहेकाले मर्मतसम्भार गर्ने योजना कुराहरु पनि वाहिर आउन थालेको छ । विक दम्पत्तिलाई केहि दिन पहिले एक युवा र विद्यार्थीहरुले पनि खाद्यान्न तथा आर्थिक रहयोग गरेका थिए ।।