इन्द्रेणी संवाददाता
दाङ, २३ साउन
दाङमा प्रहरीले अवैध रुपमा ढुंगाजन्य वस्तु उत्खननमा संलग्न एउटा ट्याक्टरलाइ नियन्त्रणमा लिएको छ । घोराही नगरपालिका ४ सिस्नेखोलावाट अवैध रुपमा ढुंगा गिटटी वालुवा उत्खनन् गरिरहेको रा १ त ६५० नं को ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
उक्त ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालयवाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागी जिल्ला विकास समितिमा पठाइएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।।











