wflbª lhNnf l:yt k[YjL/fhdfu{ kf]v/ vf]nfsf] bf]efg ghLs} lqz'nL vf]nfdf jf9L cfPsf] df}sf 5f]kL :yfgLox? Vff]nfjf6 cglws[t ?kdf afn'jf lgsfNb} . tl:a/ Mk|bLk/fh jGt,/f;;

काठमाडौं–नेपाली भूमिभित्र छिरेर बालुवा तस्करी गरेका भारतीयले नेपाली सुरक्षाकर्मीलाई आक्रमण गरी घाइते बनाएका छन् । भारतीयको कुटाइबाट पर्साको भीखमपुरमा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्टमा कार्यरत सशस्त्र प्रहरी जवान रत्नेस साह घाइते भएका छन् ।

भारतीयको कुटाईबाट सशस्त्र प्रहरी साहको हातमा गम्भीर चोट लागेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापाले जानकारी दिए ।

wflbª lhNnf l:yt k[YjL/fhdfu{ kf]v/ vf]nfsf] bf]efg ghLs} lqz'nL vf]nfdf jf9L cfPsf] df}sf 5f]kL :yfgLox? Vff]nfjf6 cglws[t ?kdf afn'jf lgsfNb} . tl:a/ Mk|bLk/fh jGt,/f;;
फाइल तस्वीर

उनले घाइते सशस्त्र प्रहरी जवान साहको घाउ लागेको हातमा तीनवटा टाँका लगाइएको बताए । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भएको बताए। कुटाइबाट सशस्त्र प्रहरी साहको देब्रे हातमा तीनवटा टाँका लगाउनु परेको उपरीक्षक थापाले जानकारी दिए ।

नेपाल-भारत सीमाभन्दा दुईसय ५० मिटरभित्र नेपालमा पर्ने ओरिया खोलाबाट ५०र६० जनाको सङ्ख्यामा रहेका भारतीयले छवटा ट्र्याक्टरमा बालुवा लोड गरिरहेका बेला सुरक्षाकर्मीले रोक्न खोज्दा भारतीयले आक्रमण गरेको उपरीक्षक थापाले बताए ।

खोलाबाट भारतीयले बालुवा उत्खनन गरेको स्थानीय नेपालीले जानकारी गराएपछि नेपाली सुरक्षाकर्मीको टोली त्यहाँ पुगेको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिक लाइ उद्दृत गर्दै रातोपाटीमा खबर छ ।