इन्द्रेणी संवाददाता
दाङ, २३ साउन ।
बजार क्षेत्रमा सडक दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक कार्यालय दाङले बजारका विभिन्न चोकहरुमा जेब्राक्रस निर्माण गर्दैछ । सोही क्रममा शनिवार घोराहीको तुलसीपुर चोकमा पैदलयात्रीलाई बाटो काट्न सहजहोस भनेर जेब्राक्रस निर्माण गरेको छ ।
सो चोक घोराही बजारको सबैभन्दा वेस्त चोक भ
एकाले सो क्षेत्रमा पैदलयात्रीलाई वाटो काट्ना सहजहोस् भन्ने हिसावले जेब्राक्रस निर्माण गर्नुका साथै दुर्घटना न्यूनिकरण गर्न जेब्राक्रमको प्रयोग गरौं भन्ने सचेतनामुलक वोर्ड राखिएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख अरुणकुमार सिंहले बताउनुभयो ।
जिल्लाका अन्य क्षेत्रका सकडहरुमा पनि आवश्यकता अनुसार जेब्राक्रस बनाइएको उहाँले बताउनुभयो ।।











