रौतहट, २३ साउन
गाविसमा आएको रकमको हिसावकिताव माग्दा रौतहटमा महिलामाथि कुटपिट भएको छ । साउन १८ गते भएको भेलामा स्थानीय महिलाहरुले समनपुर गाविसमा महिलाहरुको लागि आएको बजेटबारे खोजबिन गरेपछि महिला नेतृ कुटिएकी छन ।Ram-shaki

हिसाव माग गर्दा गाविस सचिव र सहायक लेखापाल समेतको समूहले पूर्ववडाध्यक्ष रामसखी देवी साहलाई गम्भीर घाइते हुने गरी कुटपिट गरेका छन् । सरकारले गाविसमा पठाएको बजेटका बारेमा महिला समूहले सोधखोज गरेपछि विवाद शुरु भएको थियो । महिलाहरुले हालसम्म गाविसमा आएको बजेट, वृद्धा भत्ता तथा महिलाहरुको शिर्षकमा आएको रकम र खर्च पारदर्शी बनाउन माग गरेका थिए ।

हिसाब किताब माग्ने महिला रामसखी देवीलाई गाविस सहायक सचिव नागेन्द्र यादव र सहायक लेखापाल कामेश्वर सहनि सहितको समूहले कुटपिट गर्दा उनको नाक र टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते महिलालाई थप उपचारको लागि थापाथलिीस्थित नर्भिक अस्पतालमा र्पुयाइएको छ । यसैविच, घटनाबारे छानविनको माग गर्दै पीडित परिवारले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् ।।