nbsदाङ २२ साउन । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघकौ ११ औ महाधिबेशनमा केन्द्रीय अध्यक्षका लागि राप्तीबाट रोल्पाका मनोजमनी आचार्य आंकाक्षी देखिएका छन् । उनी बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । उनी केन्द्रिय सदस्यबाट उपाध्यक्ष हुँदै पूर्वअध्यक्ष प्रदिप पौडेलको कार्यसमितिमा महामन्त्री बनेका थिए ।

आईतबार देखी शुरु हुने महाधिबेशनमा देशभरबाट आधा दर्जनभन्दा बढीले अध्यक्षमा आआफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

संस्थापन पक्षबाट संस्थापन पक्षबाट नेविसंघका पूर्वमहामन्त्री जितजंग बस्नेत र पूर्वउपाध्यक्ष रहेका नैनसिंह महरले अध्यक्षमा दाबी गरेका छन् ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट रोल्पाका आचार्य सहित दिपक भट्टराई, आनन्दराज त्रिपाठी र निलकण्ठ रिजालले अध्यक्षका लागि दाबी गरिरहेका छन् । पौडेल पक्षबाट चारजनाले दाबी गरेपनि रोल्पाका आचार्यले टिकट पाउने लगभग निश्चित भएको छ ।

यस्तै नेता कृष्णप्रसाद सिटौला पक्षधरबाट कुन्दनराज काफ्लेले अध्यक्षमा दाबी गरेका छन् । काफ्ले नेविसंघका पूर्व कोषाध्यक्ष थिए ।

यस्तै केन्द्रीय उपाध्यक्षमा राप्तीबाट ४ आकांक्षी देखिएका छन् । राप्तीको दाङ प्रचण्ड बिक्रम न्यौपाने र रमेश पाण्डे छन् , त्यस्तै सल्यानका राजेश केसी र रुकुमका खडग डाँगी केन्द्रीय उपाध्यक्षका आकांक्षि देखिएका छन् । रोल्पा र प्युठानबाट भने उपाध्यक्षका लागि कोहीपनि आकाँक्षि नदेखिएको बताईएको छ ।

केन्द्रिय उपाध्यक्षमा भरत खड्का, राजिव केसी, निमा गिरी, पद्यमकन्या क्याम्पसकी चन्दा अधिकारी, रमेश पाण्डे, दिपक भण्डारी, निमा गिरी, हरिष भण्डारी, खड्क डाँगी, बखतबहादुर शाही, विश्वामित्र रिजाल, ओजी अर्सदलगायतले आआफ्नो दाबीका साथ उम्मेदवारी घोषणा गरेका छन् । यसैगरी उपाध्यक्षमै विष्णु कार्की, कृष्ण कार्की, सुवास भण्डारी, नविन राई, सागर परियार, कृष्णकुमारी बस्नेत लगायतले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

त्यस्तै महामन्त्रीमा भने राप्तीबाट आकांक्षि नभएको बताईएको छ । देशभरबाट महामन्त्रीमा उर्मिला थपलिया, पुष्पराज शाही, युवराज पाण्डे डिल्लीराम सुवेदी, लगायतले दाबी गरेका छन् । महामन्त्रीमा खुल्ला पदमा उम्मेदवारी घोषणा गर्ने थपलिया एकमात्र महिला उम्मेदवार हुन् ।
त्यस्तै सहमहामन्त्रीका लागि राप्तीबाट दाङका राजकुमार डाँगी चुनाबि मैदानमा उत्रने बताईएको छ । देशैभरबाट सह–महामन्त्रीका लागि दिनेशचन्द्र थपलिया, महेन्द्र राउत, रघुविर कार्की, सागर भट्टराई, रन्जिता कार्की, साधना घिमिरे लगायतले आआफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
कोषाध्यक्षमा हालसम्म अन्जना अर्याल र शिव रिमालले मात्रै आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । जस्मा राप्तीबाट भने आकांक्षी नभएको पाईएको छ ।

त्यस्तै केन्द्रीय सदस्यमा राप्तीबाट भेषराज डाँगी , एकराज खडका , तारक केसी , राजकुमार धिताल , सरोज शाह चुनाबि मैदानमा उत्रनेछन् । देशभरबाट केन्द्रीय सदस्यमा भने गोपाल चौलागाईँ, राजेश केसी, प्रेम जोशी, जयराम दाहाल, दिनेश भुर्तेल, डम्बर कार्की, लिला भट्टराई, दिपेन्द्र खड्का, उपेन्द्र मिश्र, शिव पौडेल, लक्ष्मी पौडेल, तेजवहादुर बानियाँ, कल्पना खड्का, कल्पना पौडेल, सदिक्षा चित्राकार, दिलिप दाहाल लगायतले उम्मेदवारी घोषणा गरेका छन् ।

३ हजार ४ सय प्रतिनिधि सहभागी हुने महाधिवेशनले एक सय ५१ सदस्यीय कार्यसमिति चयन गर्नेछ । एक सय ५१ कार्यसमितिमा एक सय २९ निर्वाचित हुनेछन् भने २२ सदस्य अध्यक्षले मनोनित गर्न पाउनेछन् ।
एक अध्यक्ष, १३ उपाध्यक्ष, दुई महामन्त्री, १६ सहमामन्त्री, र निर्वाचित एक कोषध्यक्ष सहित केन्द्रिय कार्यसमिति एक सय ५१ सदस्यीय रहनेछ ।

अध्यक्षमा क–कसको होला भिडन्त?
संस्थापन पक्षबाट जितजंग बस्नेत अघि सार्ने तयारी गरेको छ । नैनसिंह महरलाई अघि सार्दा गृह जिल्लाबासीलाई उम्मेद्वारी बनाएको आरोप लाग्ने भएकाले शाहीलाई चुन्न सक्ने प्रबल सम्भावना छ । सभापति शेरबहादुर देउवाले बस्नेतलाई विश्वासपात्र मान्छन् ।

यता रामचन्द्र पौडेलका तर्फबाट रोल्पाका मनोजमणी आचार्यको नेतृत्वमा प्रतिस्पर्धी टीम बनाउने तयारी भएको छ । सिटौला पक्षबाट कुन्दनराज काफ्लेले मात्रै उम्मेदवारी घोषणा गरेकाले उनीसँगै अध्यक्षमा जितजंग बस्नेत र मनोजमणी आचार्यबीच त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।