सन्तोषकुमार गुप्ता
भालुवाङ २२ साउन । सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाले राजमार्गमा आवत—जावत गर्दा हुन सक्ने सम्भावित सडक दुर्घटनाबाट बच्न र बचाउन तथा लागुऔषध दुव्र्यसनी न्यूनिकरण गर्न देउखुरीका विद्यालयहरुमा विद्यार्थी केन्द्रित सचेतना अभियान शुरु गरेको छ ।ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङको समन्वय तथा प्राविधिक सहयोगमा सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाले ईलाका प्रहरी कार्यालय भालुवाङको कार्यक्षेत्र भित्रका सामुदायिक तथा निजि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी विद्यार्थी केन्द्रित सचेतना कार्यक्रम शुरु गरेको हो ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग भएर विद्यालय जाने विद्यार्थीहरु सडक दुर्घटनाको उच्च जोखिममा रहेको भन्दै भालुवाङ्ग सामुदायिक प्रहरीले विद्यार्थी केन्द्रित सचेतना अभियान सञ्चालन गरेको हो । अभियानको पहिलोे दिन मुनलाईट उच्च मावि लालमटियामा शुक्रबार एक दिने ट्राफिक सचेतना तथा आगुऔषध नियन्त्रण सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ ।
विद्यालयमा पढ्ने बालबालिकाहरु राजमार्ग भएर आवत—जावत गर्दा हुन सक्ने सडक दुर्घटना न्यूनिकरण गर्न, टा«फिक नियमबारे जानकारी गराउन तथा पछिल्लो समयमा लागुऔषध प्रयोग बालबालिका बढी मात्रमा देखिएको भन्दै सचेतना कार्यक्रम मार्फत सजग गराउन किद्यार्थी केन्द्रित सचेतना अभियान थालेको सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष हिमाली न्यौपानेले जानकारी दिनु भयो । यो अभियानले केही हद सम्म सडक दुर्घटना कम गर्न महत्वपूर्ण भुमिका खेल्ने छ, केन्द्रकी अध्यक्ष न्यौपानेले भन्नु भयो ।
यो अभियान ईलाका प्रहरी कार्यालय भालुवाङ्गको कार्यक्षेत्र भित्र लालमटिया, सिसहनियाँ र गोबरडिहा गाविसमा रहेका क्याम्पस, उच्च मावि, सामुदायिक तथा निजी विद्यालयहरुमा सञ्चालन गरिने छ, केन्द्रका उपाध्यक्ष सन्तोषकुमार गुप्ताले जानकारी दिनु भयो । बिशेष गरी राजमार्गमा हुने सडक दुर्घटनामा बालबालिका दुर्घटनाको उच्च जोखिममा रहेको भन्दै यो अभियान विद्यालय केन्द्रित बनाएको उपाध्यक्ष गुप्ताको भनाई छ ।।