दाङ, २२ साउन
कुनै बेला चिठ्ठीपत्र र पुलिन्दा घर घरमा पु¥याउन भ्याई नभ्याई हुने हुलाकमा कार्यरत कर्मचारी अहिले फुर्सदिला देखिन्छन । सबैको हात हातमा मोबाइल, इन्टरनेट जस्ता प्रविधिको विकास भएसँंगै हुलाक मार्फत चिठीपत्र पनि कमै आउने गरेका छन ।hhदेशपरदेशका चिठ्ठीपत्र आदानप्रदान गर्नाका लागि लोकप्रिय हुलाक अहिले भने सरकारी कामकाजमा मात्र सीमित हुन थालेको छ ।

चिठ्ठीपत्र बोकेर घर घरमा पुग्नुपर्ने बाध्यता अहिले हटिसकेको जस्तै भन्दा फरक नपर्ला ।
सूचना प्रविधिका क्षेत्रमा भएको परिवर्तनसँगै हुलाकलाई परिवर्तन गर्न नसक्दा कर्मचारीको काम हुन छाडेको छ । हुलाक मार्फत चिठ्ठीपत्र आदानप्रदान हुन छाडेपछि कर्मचारीलाई लोकसेवा आयोगले लिने नासु र खरिदारको परीक्षा दस्तुर र टिकट बिक्री गर्ने काम मात्र भएको कर्मचारीहरु वताउँछन ।

जिल्लामा एउटा जिल्ला हुलाक, ३७ अतिरिक्त हुलाक र ११ इलाका हुलाक कार्यालय रहे पनि कर्मचारीको काम कार्यालय खोल्ने र बस्नेभन्दा बढी देखिँदैन ।।