तुलसीराम वली
तुलसीपुर २२ साउन
भैरहवावाट नेपालगञ्जका लागी छुटेको ना ५ ख ९८७० नम्मरको ट्रक अनेन्त्रित भई टुर्घटना हुदा सहचालको मृत्यु भएको छ ।
आज विहान ५ वजे शम्सेरगञ्ज सैनिक क्याम्पदेखी करीव १ किलोमिटर पुर्व महादेवपुर ७ मा जंगलको विचमा अनेन्त्रित भई दुर्घटना हुदा दाङ तुलसीपुर ४ खर्चवाका अन्दाजी १९ वर्षिय शंकर पुनको घटना स्थलमै मृत्यु भएको मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका एस्पि कमल खरेलले जानकारी दिनु भएको छ ।
दुर्घटनामा परी चालक विकास विक पनि गम्भिर घाईत्य हुनुभएको छ । चालक विकासको कोहलपुर मेडीकल कलेजमा उपचार भैरहेको प्रहरीले वताएको छ ।
चालक अनिदो भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।।
