मनिष खड्का
२२ श्रावण रुकुम ।।
रिपोर्टिङका क्रममा पत्रकारमाथी प्रहरीले दुव्र्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघ रुकुमले दुव्र्यवहार गर्ने प्रहरीलाई कारवाहिको माग गरेको छ । मुसिकोट नगरपालिका ८ डाँरीगाउँमा हिजो भएको जिप दुर्घटनाका घाईतेको अवस्था बुझ्न जिल्ला अस्पताल सल्ले पुगेका पत्रकारमाथि प्रहरीले दुव्र्यवहार गरेको भन्दै पत्रकार महासंघले कारवाहिको माग गरेको हो ।
घटनाको रिपोर्टिङ गर्न घटनास्थल हुँदै जिल्ला अस्पताल पुगेका नेपाल पत्रकार महासंघका साधारण सदस्य तथा रेडियो सानीभेरीका धनकुमार शाही, नागरिक दैनिकका रुकुम संवाददाता गणेश विक तथा घटनाको थप जानकारी लिन जिल्ला अस्पताल पुगेका नेपाल पत्रकार महासंघ रुकुमका सह सचिव एवं नयाँ पत्रिका दैनिकका सम्वाददाता हरि गौतम र पत्रकार महासंघका सदस्य एवं राजधानी दैनिकका सम्वाददाता महेश केसीलाई प्रहरीले दुव्र्यवहार गरेको पत्रकार महासंघले प्रेस विज्ञप्ती जारी गरी जानकारी गराएको छ ।
जिल्ला अस्पतालको प्रवेशद्धारमा “म प्रहरीको असई हुँ कसले के गर्छ” भन्दै दुव्र्यवहार गर्ने विमानस्थल सुरक्षा गार्ड सल्लेका इन्चार्ज सुरेन्द्र कार्की र जिल्ला अस्पतालमा कार्यरत हवल्दार नारायण पोखरेललाई आवश्यक कारवाही गर्न महासंघले विज्ञप्ती मार्फत माग गरेको छ ।दुर्घटनामा परी घाईते भएकाको थप जानकारी लिन अस्पताल भित्र जान खोज्दा हिजो राती सवा ९ बजे भएको प्रहरीको बलजम्तीका कारण महेश केसीको क्यामेरामा क्षति पुगेको छ भने महेक केसी, हरि गौतमको डायरी र गणेश विकको कलम हराएको घटनाले थप आक्रोसित बनाएको विज्ञप्तीमा उल्लेख छ ।
रिपोर्टिङका लागी पुगेका पत्रकारहरुमाथि प्रहरीद्धारा सहि सुचना दिनुको सट्टा उल्टै दुव्र्यवहार गरिएको प्रति महासंघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकारमाथी भएको यो दुव्र्यवहार सिंगो प्रेसमाथीको ठाडो हस्तक्षेप भएको जनाईएको छ । यसैविच जिल्लामा रहेका ४ ओटा पत्रकार संगठनहरुले पनि घटनामा संलग्न प्रहरीलाई कारवाहीको माग गरेका छन् ।आज संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै संगठनहरुले पत्रकारमाथिको यस दुव्र्यवहारलाई सिंगो प्रेसमाथिको हमलाको संज्ञा दिएका छन् । प्रेस युनियनका सह सचिव प्रविर ददेल, प्रेस चौतारीका अध्यक्ष दिपकसंगम थापा, प्रेस सेन्टरका अध्यक्ष मेगराज खड्का र प्रेस सोसाईटीका ६ नं. प्रदेस संयोज डम्बर बिष्टले संयुक्त विज्ञप्ती जारी गर्नुभएको छ ।।