काठमाण्डौ २२ साउन।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रिमेसिगेले बधाई दिनुभएको छ । आज बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी श्रीलंकाली प्रधानमन्त्रीले बधाई ज्ञापन गर्नुभएको हो ।
सो अवसरमा श्रीलंकाली प्रधानमन्त्रीले शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालकोे कार्याकालमा संविधान कार्यान्वयन र राष्ट्रिय समस्याको समाधान हुने विश्वास व्यक्त गर्दै छिटै श्रीलंकाली राष्ट्रपतिसँग भेटबार्ता हुने बताउनुभयो ।
फोन बार्तामा प्रधानमन्त्री दाहालले दुई देशभित्रको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्दै बधाईका लागि हार्दिक धन्यवाद व्यक्त भएको उहाँको सचिवालयले जनाएको छ ।
साथै प्रधानमन्त्रीले छिटै औपचारिक भेटघाटमार्फत् सम्बन्ध सुदृढ गर्न आफू ईच्छुक रहेको जानकारी गराउनु भएको छ ।।