तुलसीपुर, साउन २२
तुलसीपुर टेम्पो व्यवसायीहरुको भेला तुलसीपुर नगर पालीका ४ शिबनगरमा सम्पन्न भएको छ ।
भेलाले टेम्पो ब्यबसाय लाई मर्यादित, ब्यबस्थीत र सगँठित हिसाबले अगाडि बढनका लागि तुलसीपुर टेम्पो यातायात ब्यबसायी समिति तुलसीपुर दाङ नामाकरण गरि नारायण जि सिको अध्यक्षतामा ९ सदसीय तदर्थ समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा ऋषिरमान चौधरी, सचिवमा केसब राज गैरे, कोषाध्यक्षमा जिबलाल लामिछाने, सदस्य हरुमा पोषण राज बस्नेत, डिल्लीबहादुर डागी, धनबिर भण्डारी, तिलकराम बस्नेत र यम बहादुर बस्नेत रहनु भएको छ ।
भेलाले टेम्पो दर्ता शुल्क १ हजार तोकेको छ भने तुलसीपुर बजार क्षेत्रमा ट्राफिक समस्या, सडक जाम हुने समस्या र यात्रुहरुले जेब्राक्रसिङ प्रयोग नगरी जथाभावि सडकमा हिड्ने समस्या हल गर्न सम्बन्धित निकायमा अनुरोध गर्दै टेम्पो पार्किङ समस्या समाधानका लागि तुलसीपुर नगर पालिकामा अनुरोध गर्ने निर्णय गरेको छ । भेलाले समिति को सल्लाहकारमा प्रेम चन्द्र शर्मा गैरे र ईश्वरीप्रसाद गैरेलाइ चयन गरेको छ ।।











