जाजरकोट, २२ साउन
जाजरकोटका विभिन्न गाविसमा हावाहुरीले मकैवालीमा क्षति पुर्याएको छ । जिल्लाका खगेनकोट, लहँ, डाडागाउँ, सक्ला लगायतका गाविसका किसानले लगाएको मकै वाली हावाहुरलिे नष्ट भएको छ । हिउँदेवालीमा समस्या आएपछि वर्षेवाली मकैमा भर परेका यहाँका किसानहरु हावाहुरीले मकै वालीमा क्षति पुर्याएपछि चिन्तित वनेका छन ।
यसैविच, मकैवाली नष्ट भएपछि मारमा परेका किसानहरुले सरकारसंग राहतको माग गरेका छन । ज्यान वचाउनै का लागी भएपनि राहत उपलव्ध गराउनु पर्ने माग गरेको खगेनकोट ६ का निरज केसीको भनाइ छ ।
धान चौर गर्न लागेका मकैको वोट हावाहुरीले भाँचिएपछि किसानहरु आफुहरुको मर्का सुन्न सरकारको ध्यानाकर्षण समेत गराएका छन । राहतको माग गदै यहाँका किसानहरु जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र वुझाउने कार्यक्रम छ ।।











