दाङ २२ साउन
गएको आर्थिक बर्ष २०७२÷०७३ मा अस्थायी ट्राफिक प्रहरी कार्यालय भालुवाङले ३६ लाख बढि राजस्व संकलन गरेको छ । गत आर्थिक बर्षमा १० हजार ८ सय ९० सवारी साधन कार्वाहीबाट ३५ लाख ७५ हजार ३ सय रुपैयाँ राजश्व संकलन भएको हो । अस्थाई ट्राफिक प्रहरी कार्यालय भालुवाङ्गका प्रमुख प्रहरी सहायक निरिक्षक अम्मरबहादुर थापाका अनुसार कार्यालयमा संकलन भएको यो राजस्व अहिले सम्मकै धेरै हो ।mapase-2

आफ्नो कार्यक्षेत्रमा नियमित दैनिक सवारी साधन छड्के चेक जाँचका क्रममा सो राजश्व संकलन गरेको कार्यालयले जनाएको छ । जसमध्ये साउन महिनामा ७ सय ५० सवारी साधन कार्वाहीबाट २ लाख ३ हजार ३ सय, भदौमा १ सय ५० सवारी साधन कार्वाहीबाट ५१ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी असोजमा ३ सय सवारी साधन कार्वाहीबाट ८९ हजार १ सय र कात्र्तिकमा ८ सय ५० सवारी साधन कार्वाहीबाट २ लाख ४ हजार ३ सय राजस्व संकलन भएको प्रमुख थापाले जानकारी दिनुभयो ।

त्यस्तै मंसिरमा ९ सय ५० सवारी साधन कार्वाहीबाट २ लाख ३५ हजार ५ सय, पुसमा १ हजार ५० सवारी साधन कार्वाहीबाट ३ लाख १ हजार ३ सय, माघमा १ हजार १ सय सवारी साधन कार्वाहीबाट ३ लाख १७ हजार र फागुनमा १२ सय ५० सवारी साधन कार्वाहीबाट ३ लाख ३२ हजार ३ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै चैतमा १४ सय सवारी साधन कार्वाहीबाट ३ लाख ६८ हजार ८ सय रुपैयाँ, बैशाखमा १४ सय सवारी साधन कार्वाहीबाट ४ लाख ४५ हजार १ सय रुपैया, जेष्ठमा ८ सय ५० सवारी साधन कार्वाहीबाट ५ लाख ४ हजार र असार महिनामा ८ सय ४० सवारी साधन कार्वाहीबाट ५ लाख २३ हजार रुपैयाँ संकलन भएको प्रहरी प्रमुख थापाले बताउनु भयो ।।