इन्द्रेणी संवाददाता

दाङ, ७ बैशाख ।
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ ५ नं. प्रदेशको प्रथम सम्मेलन सोमबार घोराहीमा सम्पन्न भएको छ । सम्मेलनले २१ सदस्यीय जनसांस्कृतिक महासंघसहित आङ्गिक संगठनहरु अखिल नेपाल लेखक संघ र अखिल नेपाल जनकलाकार संघ ५ नं. प्रदेश समिति पनि गठन गरेको छ । सम्मेलनले जनसांस्कृतिक महासंघको अध्यक्षमा विष्णु केसीलाई सर्वसम्मत निर्वाचित गरेको छ ।
sammeसमितिका पदाधिकारीहरुमा उपाध्यक्ष प्रमोद धिताल (दाङ), सचिवमा सुदिन चौधरी (बर्दिया), सहसचिवमा प्रगति महरा (दाङ), कोषाध्यक्षमा मणि अर्याल (बाँके) रहनुभएको छ । समितिका सदस्यहरुमा गुरुदत्त ज्ञवाली (रुपन्देही), युवराज पन्त (पाल्पा), भिमसेन थापा (नवलपरासी), कमला सुनार (कपिलवस्तु), हिरालाल सुनार (दाङ), सुमित्रा बञ्जाडे (अर्घाखाँची), शशिराम कार्की (बर्दिया) रहनुभएको छ । त्यसैगरी महासंघको आंगिक संगठन अखिल नेपाल लेखक संघको ५ नं. प्रदेशको अध्यक्षमा प्रमोद धिताल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

समितिका पदाधिकारीहरुमा उपाध्यक्ष मणि अर्याल (बाँके), सचिव गुरुदत्त ज्ञवाली (रुपन्देही), सह–सचिवमा युवराज पन्त (पाल्पा) रहनुभएको छ । त्यसैगरी समितिका सदस्यहरुमा क्षितिज मगर (रोल्पा), हरि सुवेदी (वर्दिया), जितु तरामु मगर (गुल्मी), बसन्त खड्का (अर्घाखाँची), शिशिर पोखरेल (प्यूठान), महेन्द्र महक (दाङ), बद्री ढकाल (बाँके), इश्वरी रिजाल (बर्दिया), सरोज खनाल (कपिलवस्तु), कमल घिमिरे (अर्घाखाँची), गणेश ज्ञवाली (पाल्पा), भुवन कार्की (रुपन्देही), डिल्ली मल्ल (दाङ), नवीन लोचन मगर (रोल्पा), इन्द्र भण्डारी (बाँके) रहनुभएको छ ।

त्यसैगरी सम्मेलनले अखिल नेपाल जनकलाकार संघ ५ नं. प्रदेशको अध्यक्षमा सुदिन चौधरी (बर्दिया) लाई सर्वसम्मत चयन गरेको छ । समितिका पदाधिकारीहरुमा उपाध्यक्ष प्रगति महरा (दाङ), भिमसेन थापा (नवलपरासी), सहसचिवमा कमला सुनार (कपिलवस्तु), कोषाध्यक्षमा हिरालाल सुनार (दाङ) रहनुभएको छ । त्यस्तै, समितिका सदस्यहरुमा चन्द्रा बस्नेत (दाङ), सुरश पुन (दाङ), प्रतिज्ञा चौधरी (दाङ), सञ्जय विक रुपन्देही रहनुभएको छ ।

जनसांस्कृतिक महासंघ ५ नं. प्रदेश सम्मेलन आयोजक समितिका संयोजक आस्था केसीको अध्यक्षता तथा महासंघका केन्द्रीय कार्यालय सदस्य तथा एकीकृत नेकपा (माओवादी) केन्द्रीय सदस्य बलराम तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा एनेकपा (माओवादी) दाङका उपाध्यक्ष तथा जनसांस्कृतिक महासंघ ५ नं. प्रदेशका फ्र्याक्सन इन्चार्ज निर्मल आचार्य, अखिल नेपाल लेखक संघ केन्द्रीय समितिका कार्यवाहक संयोजक विष्णु भण्डारीलगायतले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सम्मेलनबाट नवनिर्वाचित कार्यसमितिहरुलाई प्रमुख अतिथि एमाओवादी केन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासंघका केन्द्रीय कार्यालय सदस्य बलराम तिमिल्सिनाले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रमोद धितालले गर्नुभएको थियो ।