रेखा मगर
दाङ, ७ बैशाख
दाङमा मोटरसाइकलको ठक्करवाट एक वृद्धको मृत्यु भएको छ । पश्चिमवाट पुर्वतर्फ गइरहेको लु १५ प ३१९१ नंम्वरको मोटरसाइकललले लमही नगरपालिका ५ नर्तीनजिक पैदल यात्रीलाइ गएराति ठक्कर दिदा लमही ६ वस्ने अन्दाजी ६६ वर्षका डिल्लीराम चौधरीको मृत्यु भएको हो ।
accमोटरसाइकलको ठक्करवाट घाइते भएका चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक प्रकाशराज शर्माले जानकारी दिनुभयो ।
यस्तै, पैदल यात्रीलाइ ठक्कर दिने मोटरसाइकलमा सवार २ जना गम्भिर घाइते भएका छन ।

दुर्घटनामा मोटरसाइकल चालक नवलपरासीका वीर वहादुर दर्लामी र पछाडी सवार पाल्पा निवासी जुद्ध थापा गम्भिर घाइते भएका प्रहरीले जानकारी दिएको छ । घाइते दुवै जनाको अवस्था गम्भिर रहेको र अहिले अहिले वुटवलमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक शर्माले जानकारी दिनुभयो । चौधरीलाइ ठक्कर दिने मोटसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।।