इन्द्रेणी संवाददाता
दाङ, ७ बैशाख
नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा घोराही नगर कमिटीको भेलाले टेकबहादुर विकको अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा माया विक, सचिव कलकुमारी चनारा, सह–सचिव चित्रा विक, कोषाध्यक्षमा प्रेमकुमारी परियार रहनु भएको छ । दस्यहरुमा अर्जुन सिंह विक, वुद्धिराम विक, चन्द्र विक, सुनिता सुनार, निमा विक, गिता नेपाली, अम्बिका परियार रहनु भएको छ ।

भेलामा एकिकृत नेकपा माओवादी घोराही नगर कमिटी संयोजक विश्वराज आचार्य, नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चाका केन्द्रिय सचिवालय सदस्य खड्कबहादुर सुनार, केन्द्रिय सदस्य राजु परियार, झपेन्द्रसिह चित्राकार, जिल्ला अध्यक्ष जगत दलामी, कोषाध्यक्ष ओमकुमारी विक, क्रान्तिकारी पत्रकार दाङका सह–सचिव जनक नेपाली लगायतले आ– आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

नगर भेला आयोजक समितिका संयोजक टेकबहादुर विकको अध्यक्षता एवं नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा प्रदेश नं. ५ का ईन्चार्ज चन्द्रबहादुर विश्वकर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।।