इन्द्रेणी संवाददाता
दाङ, ७ बैशाख ।
अखिल नेपाल जनसांस्कृतिक महासंघका जिल्ला सचिव मिलन बुढामगर भिमकी आमा देउमति बुढामगरको १३ औं दिनको पूण्य तिथीमा सोमबार उहाँकै निवास त्रिपुर– ७ बडहरामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । महासंघ दाङका अध्यक्ष टोपेन्द्र विष्टको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले दिवंगत देउमतिले पुराएको योगदानको चर्चा गरेका थिए ।
लामो जिवन बाँच्नुभएकी देउमतिको जीवनबाट धेरैले धेरै कुरा सिक्न सक्ने भन्दै वक्ताहरुले दिवंगत देउमतिको योगदानलाई विर्सन नहुने विचार राखेका थिए । कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य टिकाराम खड्का, नेकपा एमाले त्रिपुरका अध्यक्ष सुदन केसी, नेकपा एमाले दाङ जिल्ला कमिटीका सदस्य हिरा पुन, नेपाली काँग्रेस त्रिपुरका सभापति दिपक पाण्डे, अखिल नेपाल किसान संघ दाङका सचिव वोधिकिरण महरा, एमाले त्रिपुर वडा नंं ७ का अध्यक्ष भागिराम केसी लगायतले बोल्नुभएको थियो ।
जनसांस्कृतिक महासंघ दाङका उपाध्यक्ष बसन्त राठौरले संचालन गर्नुभएको श्रद्धाञ्जली कार्यक्रममा महासंघका सचिव तथा दिवंगत देउमतिका छोरा मिलन बुढा भिमले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।।
