रुकुम, २२ साउन
रुकुममा भएको जीप दुर्घटना २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । यात्रु लिएर सल्लेबाट रुकुमकोटका लागि छुटेको लु १ ज २६८३ नम्बरको जीप मुसीकोट नगरपालीका ११ साँखमा पल्टिदा सोही ठाउँ निबासी २७ बर्षका टेकबहादुर विक र मुसीकोट १० का तिर्थबहादुर पुनको मृत्यु भएको हो । index

विकको उपचारको क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो भने पुनको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा सल्यानको जलेखर्कमा मृत्यु भएको हो । दुर्घटनामा घाइते हुनेहरुमा जिप चालक मुसीकोट ११ का मानबहादुर बिक, मुसीकोट ९ की प्रमिला कँवर, मुसीकोट १० की तुलसा कवँर र मुसीकोट नगरपालिका ११ की कल्पना घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

घाइतेलाई उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । घाइतेमध्ये जीप चालक विकको अवस्था गम्भीर रहेको रुकुमका प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिनुभयो । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । वर्षाका कारण सडक हिलाम्य हुँदा र भासिएका कारण जीप दुर्घटना भएको जिल्ला प्रहरीको भनाइ छ ।।