ओमप्रकाश गुप्ता
सिसहनियाँ २२ साउन । वेष्र्टन डेभलपमेन्ट बैंक शाखा कार्यालय सिसहनियाँले शुक्रवार एक कार्यक्रमका बिच शाखा प्रमुखहरुको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । शाखा कार्यालय सिसहनियाँमा विगत साढे तिन वर्ष देखि कार्यरत शाखा प्रमुख श्रीधर अधिकारी र कर्मचारी तेज बहादुर नेपाली सरुवा भई शाखा कार्यालय लमहीमा गएकाले विदाई गरीएको छ ।
भने शाखा कार्यालय चन्द्रौटा बाट शाखा प्रमुखको रुपमा सरुवा भई आउनु भएका ओमप्रकाश चौधरीलाई स्वागत गरीएको छ । विदाई भएर जान लाग्नु भएका अधिकारी, नेपाली र सरुवा भई आउनु भएका चौधरीलाई फुल माला टिका लगाई मायाको चिनो प्रदान गरि स्वागत तथा विदाई गरिएको हो । चौधरी २०६४ साल बाट वेष्र्टन बैंकमा कार्यरत रही शाखा प्रमुखको रुपमा सिसहनियाँमा आउनु भएको हो ।
शाखा प्रमुख ओम प्रकाश चौधरीको अध्यक्षतामा भएको स्वागत तथा विदाई कार्यक्रममा बोल्ने बक्ताहरुले विदाई भएर जाने र आउने शाखा प्रमुखहरुको कार्यसफलताको कामना गरेका थिए । सो अवसरमा सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्ण बहादुर बुढाथोकी, समाज सेवी शान्तराज शर्मा, बेचनलाल चौधरी, भिमा आचार्य र कर्मचारीहरु राजेश्वर चौधरी तेज बहादुर नेपाली र पत्रकार ओम प्रकाश गुप्ता लगाएतका बक्ताले बोल्नु भएको थियो ।।
