काठमाण्डौ, २२ साउन
बाढी प्रभावित क्षेत्रमा जनावरबाट मानिसमा सर्ने रोग ‘लेप्टोस्पोरोसिस’ को जोखिम बढेको छ । अत्यधिक वर्षा र बाढी आएको समयमा ब्याक्टेरियाका कारण यो रोगको संक्रमण बढ्ने चित्सिकहरुले वताएका छन । यसबाट संक्रमित पशुको पिसाब मिश्रीत पानीको सम्पर्कले यो रोग सर्दछ । 
देशका बाढी डुबान क्षेत्रहरूमा लेप्टोस्पोरोसिस देखिने जोखिम बढेको तर संक्रमणबारे चिकित्साकर्मीहरू बढी जानकार समेत नरहेको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले वताउनुभयो । मुसा, गाई, गोरु, भैंसी, घोडा, भेडा, बाख्रा, सुँगुर, कुकुरको पिसाबमा यसको ब्याक्टेरिया हुने हुँदा बाढी आउँदा पानीको माध्यमले अन्य व्यक्ति वा पशुमा सर्ने गर्दछ ।
यो रोग काटिएको वा उछ्रिएको छाला र नाक, आँखा, मुखभित्रको म्युकस झिल्ली भएर समेत सर्ने रोग हो । विश्व स्वास्थ्य संगठनका अनुसार शरीरमा लेप्टोस्पोरोसिसको ब्याक्टेरिया प्रवेश गरेको सामान्यतया ५ देखि १४ दिनमा यसको लक्षण देखिन्छ । सुरुमा सामान्य रुघाखोकीजस्तो लक्षण देखिने यो रोगको समयमा उपचार नभए प्राणघातक समेत हुने चित्सिकहरु वताउँछन ।।











