काठमाडौँ, २१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले आन्तरिक राष्ट्रिय एकताको सुदृढीकरणसँगै नेपालको संविधानलाई अधिकतम सर्वस्वीकार्य बनाउनु सरकारको प्राथमिक कार्यभार रहेको बताउनुभएको छ ।

manrti-mandal
तस्वीर : रातो पाटीबाट

सिंहदरबारमा हिजो साँझ प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मधेसी, थारूलगायत समुदायको मागलाई संविधानमा समावेश गरी संविधान कार्यान्वयनको सुनिश्चितता अहिलेको आवश्यकता बताउनुभएको हो ।

प्रधानमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणमा भएको सुस्त गतिलाई तीव्रता दिइने, आर्थिक विकासका लागि तात्कालिक र दीर्घकालीन विकासका आयोजना अघि बढाइने र मुलुकमा रोजगारी वृद्धि गरिने बताउनुभयो ।