बाँके, २१ साउन
बाँकेको उढरापुर गाविसमा हिजो एक दिने निःशुल्क एकिकृत घुम्ति शिविर संचालन गरिएको छ ।  उढरापुर गाविस र बास नेपालगन्जको संयुक्त आयोजना तथा भेरी अंचल अस्पताल नेपालगन्ज र फत्तेवाल आखाँ अस्पताल नेपालगन्जको समन्वय तथा सहकार्यमा सो शिविर संचालन गरिएको हो ।IMG_2408

उढरापुर गाविस कार्यालयमा भएको निःशुल्क एकिकृत घुम्ति शिविरमा सर्जनको रुपमा भेरी अंचल अस्पतालका प्रमुख डा। श्याम सुन्दर यादबले बिरामीहरुको चेकजाँच गरेका थिए ।

यसैगरी स्त्री रोगका लागि डा। कल्पना थापा र सञ्जना यादब, जनरल मेडीसिनमा डा। केशर चौधरी र डेबिट, फिजिसियन डा। संजय बर्मा, वाल रोगका लागि डा। सविता ज्वतीले विरामीहरुको चेकजाँच तथा उपचार गरेका थिए ।

भने आखाँ सम्बन्धि समस्या ल्याएर आएका बिरामीहरुको चेकजाँच फत्तेवाल आखाँ अस्पतालबाट खटीई आएको टोलीने गरेको थियो । आफ्नै गाविसमा स्वास्थ्य शिविर मार्फत स्वास्थ्य चेकजाँच गर्न पाउदा उढरापुर गाविस सँगै छिमेकी गाविसहरुबाट समेत बिरामीहरुको घुईचो लागेको थियो । शिविरबाट प्रत्यक्ष रुपमा ७०० बढी बिरामीहरुले सेवा लिएका छन् ।

हेमराज भट्ट
सुचना अधिकारी, बास