देउखुरी २१ साउन
रेडियो स्रोता समुह लालमटिया २ खुरुरीयाले गाउँ सरसफाई तथा घरदैलो अभियान कार्यक्रम गरेको छ । लालमटियालाई पुर्ण सरसफाई युक्त गाविस बनाउने कार्यक्रम अन्र्तगत समुहले आफनो गाउँबाट अभियानको सुरुवात गरेको हो । समुहमा आवघ युवाहरुले गल्ली सरसफाई गर्नुका साथै बाटो मिचेर ढुङगा, बालुवा, दाउरा राखेका घरधनीहरुलाई सो बस्तु हटाउन अनुरोध गर्दै सरसफाईले हुने फाइदाका बारेमा जानकारी गराएको थियो । 1-1-2

समुहका अध्यक्ष टिकाराम चौधरी, सचिव रिता कंवर, सहजकर्ता मञ्जु बुढाथोकी र गाउँ अगुवा धानु चौधरीको विषेश पहल तथा अगुवाईमा अभियान चलाइएको हो । रेडियो स्रोता समुहले हाल सुशासन, लैङिग हिंसा, बाल विवाह, सरसफाई, विकास निमार्णका साथै सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

यसैविच, करम्दी रेडियो स्रोता समुह लालमटिया ७ बराखुट्टीले व्यक्तिगत घटना दर्ता सम्बन्धी घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । समुहका अध्यक्ष थमी पुनले भदौ १० गते देखि जन्म, मृत्यु, बसाईसराई, सम्बन्ध विच्छेदका बारेमा जानकारी दिन अभियान चलाउने जानकारी दिनुभयो ।।