रुकुम, २१ साउन
रुकुममा ज्यान मार्ने उद्योग मुद्धा लागेका फरार अभियुक्तहरु पक्राउ परेका छन । उनीहरु विरुद्ध लाल बहादुर खत्रीले ज्यान मार्ने उद्योग शिर्षकमा प्रहरीमा मुद्धा दर्ता गराएपछि फरार रहेका रुकुम मग्मा गाविस २ बस्ने १७ वर्षका दिपक कुसारी र सोही ठाँउ बस्ने २४ वर्षका जनक कुसारी पक्राउ परेका हुन ।pak

उनीहरु गत असार ८ गते विरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत जिल्ला प्रहरी कार्यालय रुकुममा मुद्धा दर्ता भएको थियो । फरार दुवै जनालाइ जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारवाहीको प्रक्रिया सुरु गरेको छ ।।