काठमाण्डौ, २१ साउन
म्यानमारमा पहिचान हुन नसकेको रोगका कारण ३० जना बालबालिकाको ज्यान गएको छ । ज्यान जानेमा ५ वर्ष मुनिका बालबालिका छन् ।myanmar

केही समय यता फैलिएको रोगका कारण बालबालिकाको स्वास्थ्य जोखिममा परेको छ । म्यानमारको याङ्गुनबाट एक हजार तीन सय किलोमिटर टाढा रहेको नागा क्षेत्रमा अज्ञात रोगको प्रकोप फैलिएको म्यानमारका अधिकारीले बताएका छन् ।

यी क्षेत्रमा अति गरिब समुदायको बस्ती छ  । अज्ञात रोगको प्रकोप फैलिरहदा पनि रोकथामका लागि कुनै प्रयास नभएको पीडितको गुनासो छ ।।

–    एजेन्सीको सहयोगमा