नमुना टोल विकाश संस्था तुलसीपुर–२ मजुवाले बाटो अबरोध गर्नेलाई कार्बाही गर्ने जनाएको छ । वाटोमा निर्माण सामाग्री राखेर वा अन्य केहि गरि वाटो अवरोध गर्नेहरुलाई कार्वाही गर्ने संसथाको आज सम्पन्न बैंठकले निर्णय गरेको हो । साथै बैठकले नमुना संस्था अन्र्तगत बाटो र नालामा फोहर फालनेलाई कारवाही तथा जरीमाना गर्ने निर्णय गरेको छ ।

IMG_3681

संस्थाका अध्यक्ष कस्तुरा खडकाको अध्यक्षतमा बसेको वैठकले सडक, नालामा फोहर फाल्ने, बाटोमा गाइवस्तुहरु वाध्ने र बाटोमा लामोसमय सम्म निर्माण सांमाग्री नराख्न आग्रह गरको छ । बैठकले पहिलो पटक मौखिक आग्रह गर्ने र अटेरी गरे कारवाही गर्ने निर्णय गरेको छ ।।