दिपक बोहरा /दाङ
दाङ २० साउन । दाङमा बिद्यालय जाने उमेरका बालबालिलाई भर्ना गर्ने अभियान सफल भएको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ । जिल्ला शिक्षा अधिकारी रमेश मैनालिका अनुसार जिल्ला शिक्षा कार्यालय दाङले थालेको बिद्यार्थी भर्ना अभियानले सफलता पाएको छ । जिल्ला शिक्षा कार्यालय दाङको तथ्याङ्क अनुसार बिद्यालय जाने उमेरका ५ सय ४ जना बिद्यार्थी मात्रै बिद्यालय बाहिर छन् ।

jilla shiksha karyalaya dang

यो संख्या दाङको बिद्यालय जाने उमेर समुहका कुल बिद्यार्थीको संख्याको तुलनामा निकै न्युन रहेको शिक्षा अधिकारी मैनालिले जानकारी दिनुभयो । उहाँले ९५ प्रतिसत भन्दा बढि बालबालिकालाई बिद्यालय भर्ना गर्न सफल भएको भन्दै यो देशकै नमुना काम भएको उहाँले बताउनुभयो । बिद्यालय जाने उमेरका बालबालिकालाई भर्ना गर्ने काममा दाङ देश भरकै उत्कृष्ठ भएको उनको दाबि छ । उहाँका अनुसार अहिले सम्म कुनै जिल्लाले पनि यसरी सत प्रतिसत बिद्यार्थी भर्ना गर्न सकेका छैनन् ।

जिल्ला शिक्षा कार्यालय दाङले बिद्यालय जाने उमेरका बालबालिकालाई बिद्यालय भर्ना गराउन दुई चरणमा अभियान थालेको थियो । पहिलो चरणमा बैशाख १ देखी १५ गते सम्म र दोस्रो चरणमा बैशाख १५ देखी ३० गते सम्म बिद्यार्थी भर्ना अभियान संचालन गरेको मैनालिले जानकारी दिनुभयो । त्यो अभियानले सार्थक रुप दिएको उहाँको भनाई थियो ।

यस्तै दाङमा पढदा पढदै बिभिन्न कारणले बिद्यालय छोडेका तथा सडक बालबालिकालाई कसरी निरक्षर बनाउने भन्ने चिन्ताको बिषय बनेको उहाँले बताउनुभयो । केहीलाई गएको आर्थिक बर्षमा निरन्तर सिकाई कक्षा मार्फत निरक्षर बनाएको भए पनि अझै धेरै सडक बालबालिका त्यस्को पहुँचमा पुग्न नसकेको भन्दै उनीहरुलाई शिक्षाको पहुँचमा पु¥याउनु चिन्ताको बिषय भएको उहाँको भनाई छ । कति बालबालिकाले पढन नमान्ने , भाग्ने जस्ता समस्याले पनि उनीहरुलाई सहजै साक्षर बनाउन समस्या भएको उहाँले बताउनुभयो ।

यस्तै बिद्यालय बाहीर रहेका ती ५ सय ४ बिद्यार्थी पनि बहुअपाङ्गता भएका , गरिबिको चपेटामा परेका तथा दुर्गम गाउमा भएकाले बिद्यालय भर्ना हुन नसकेको उहाँको भनाई छ । दाङमा बहुअपाङ्गता भएका बालबालिहरुको लागि अपाङ्ग मैत्री छुटै बिद्यालय नहुदा बिद्यालय भर्नामा समस्या हुने गरेको मैनालिको भनाई छ ।

अहिले दाङमा अपाङगत भएका ब्यक्तिहरु मध्य दृष्टि बिहिन र बहिरा सुष्त श्रवन भएका बिद्यार्थीहरुका लागि छुट्टै कक्षाको ब्यबस्था छ तर शारिरिक अपाङ्गता भएका बिद्यार्थीहरुका लागि छुट्टै कक्षाको ब्यबस्था नहुदा पनि यस्तो समस्या निम्तिएको मैनालीले बताउनुभयो । यस्तै बिद्यालय भर्ना अभियानलाई सार्थक तुल्याउन बिद्यालय पनि बालमैत्री हुन आबश्यक रहेको शिक्षा अधिकारी मैनालिले बताए । प्राय बिद्यार्थीहरुले बिचमै पढाई छोड्नुको एउटा करण बिद्यालयको बाताबरण पनि बालमैत्री नहुनु भएको उनको भनाई थियो ।

यस्तै गरिबिले गर्दा पनि बालबालिकाहरुले बिचमै पढाई छोड्ने गरेको पाईएको छ । अझै बिद्यालय बाहिर रहेका ४ सय ५ बिद्यार्थी मध्य केही बालबालिका गरिबीको रेखामुनी रहेको पनि उहाँको भनाई थियो ।

सरकारले किताब , ड्रेस उपलब्ध गराएपनि दिउसो नास्ता खाने अन्य सामाग्री किन्ने पैसा नहुदा पनि पढन जाने उमेरका बालबालिका घरको काममा मात्रै सिमित हुने गरेको मैनालिको भनाई छ । गरिबिकै कारण अधिकांश बालबालिकाहरु ईटा भट्टा तिर काम गर्न जाने तथा कमलहरी बस्ने बाध्यता रहेकाले बिचमै पढाई छोड्ने गरेको उनको भनाई थियो ।।