काठमाडौं २० साउन । गणतन्त्र नेपाल दोश्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले आज बिहिबार पदभार ग्रहण गर्दै केहि महत्वपूर्ण निर्णय गरेकाछन । आजै शपथ लिएर उनी प्रधानमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गरे लगतै मन्त्रिपरिषद्को पहिलो बैठक बसेर जनहितमा केहि महत्वपूर्ण निर्णय गरेकाछन । मन्त्रीपरिषदको बैठकमा उनको पहिलो नजर भुकम्प पीडित गरफ गएको छ । पहिलो बैठक बाटै उनले भुकम्प पीडित लाइ तत्काल रु १ लाख उपलव्ध गराउने सहित अन्य महत्वपूर्ण निर्णय गरेकाछन ।
के के छन् मन्त्रीपरिषदको पहिलो बैठकका निर्णय ??
लोकतान्त्रिक आन्दोलनका सबै सहिदप्रति श्रद्धाञ्जली व्यक्त
बैशाख १२ को भूकम्प र बाढी पहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त
भूकम्प पीडितलाई तत्काल एकलाख रुपियाँ राहत प्रदान गरिने
बाढी पहिरोमा परेर घाइते भएकाहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना
सरकार गठनमा सहयोग गर्र्ने सबैलाई धन्यवाद
सञ्चारमन्त्री नियुक्त नभएसम्म सो जिम्मेवारी अर्थ मन्त्री कृष्णबहादुर महरालाई जिम्मेवारी दिने
पूर्व सरकारले आन्दोलनका घाइते तथा सहिदलाई दिने राहत तत्काल उपलब्ध गराउने