दाङ । नेपाली कांग्रेस घोराही उपमहानगरपालिका नगर कार्यसमितिको सभापतिमा तिलक रावत विजयी भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि विहीबार भएको निर्वाचनबाट रावत सभापतिमा निर्वाचित भएका हुन् । रावतले ४४५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी प्रदीप मजगैयाले २८८ मत प्राप्त गरे।

त्यस्तै महिला उपसभापतिमा तारा कडेल आचार्य ४१० मत, खुला उपसभापतिमा वसन्त जोशी ३८५ मत, सचिवमा सनत गिरी ३६३ मत, सहसचिवमा भीमबहादुर बोहरा ३८३ मत प्राप्त गर्दै विजयी भएका छन् । अन्तिम परिणामसँगै सभापतिसहित सबै प्रमुख पदमा तिलक रावत नेतृत्वको प्यानलका उम्मेदवार विजयी भएका छन्।