काठमाडौं । पहिरोले अवरुद्ध हुँदा काठमाडौँ आवतजावत गर्ने सबै मुख्य मार्ग बन्द भएका छन् । बिहीबार दिउँसैदेखि निरन्तर परिरहेको वर्षाको कारण पृथ्वी राजमार्ग, कान्तीलोकपथ र बीपी राजमार्गमा आवतजावत ठप्प छन्।

धादिङको कृष्णभिरसहित आधा दर्जनभन्दा धेरै स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ। कृष्णभिरसहित सात ठाउँमा गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीकाअनुसार पहिरो पन्छाउने प्रयास भैरहेपनि निरन्तरको वर्षाका कारण समस्या भएको छ।