दाङ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्वस्थापन प्राधिकरण र नेपाल जल तथा मौसम विज्ञान विभागले असोज ८ गतेदेखि ११ गतेसम्म भारी वर्षाको चेतावनीसहित सबैलाई सर्तकता अपनाउन आग्रह गरेसँगै दाङका पाँच सडकखण्ड रातको समयमा बन्द हुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय दाङले एक सूचना निकालेर आज असोज ८ गते वेलुका ५ बजेदेखि विहान ६ बजेसम्मका लागि राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यान कपुरकोट सडकखण्ड, भालुवाङदेखि प्यूठान चकचके सडकखण्डको भालुवाङदेखि गनाहा खोलासम्म, सहिद मार्गअन्तर्गत घोराही–रोल्पा होलेरी सडकखण्ड, घोराही–मुर्कुटी सडकखण्ड र दाङको तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुर–सल्यान कालिमाटीसम्मको सडक बन्द रहने जनाएको छ ।











