काठमाडौँ। सर्वोच्च अदालतले रेशम चौधरीलाई कैद सजायमा माफी दिने रिट खारेज गरिदिएको छ ।
मङ्गलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले चौधरीको कैद सजाय माफीविरूद्ध तत्कालीन सरकारको निर्णय विरुद्ध परेको रिट खारेज गरिदिएको हो ।
टीकापुर हत्याकाण्डको मुद्दामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद सजाय पूरा नहुँदै कैद छुट दिएपछि सो विरुद्ध पीडित शारदा बोहरा कडायतले मुद्दा दर्ता गरेकी थिइन् । शारदा टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् ।











