दाङ । यही असोज ११ गते हुने दाङ उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचन समितिले आज सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार अध्यक्षमा नेरश कुमार श्रेष्ठ, ध्रुव कुमार गहतराज र अनिल आचार्यबीच प्रतिस्पर्धा हुने भएको हो ।

श्रेष्ठ प्रजातान्त्रिक व्यवसायिक प्यानलका उम्मेदवार हुन् भने गहतराज साझा व्यवसायिक प्यानलका उम्मेदवार हुन् । त्यस्तै आचार्य सझा स्वतन्त्र व्यावसायिक प्यानलका उम्मेदवार हुन् ।

नेपाली कांग्रेस निकट प्रजातान्त्रिक व्यवसायिक प्यानलमा तीन गुट देखिएपनि श्रेष्ठलाई कांग्रेस निकट व्यवसायीको साथ बलियो भएको दावी छ । कांग्रेस निकटबाटै अध्यक्षको पदमा उम्मेदवार दिएका नरेश कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएर श्रेष्ठलाई नै साथ दिने बताइसकेका छन् ।

त्यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार ध्रुव कुमार गहतराजलाई नेकपा एमाले, नेपाल कम्यूष्टि पार्टी र राप्रपालगायतका दल निकट व्यवसायीहरूको समर्थन छ । अर्का अध्यक्ष पदका उम्मेदवार अनिल आचार्य भने नेकपा एमालेकै केही व्यवसायीहरूको साथ र रास्वपा निकट व्यवसायीहरूको साथमा चुनावी मैदानमा छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघमा ३ हजार ७ सय बढी मतदाता रहेका छन् ।

उम्मेदवारको अन्तिम नामावली