काठमाडौं । जिल्ला अदालत पाँचथरले युट्युबमा भिडिओमा प्रधानमन्त्री प्रधानमन्त्री बालेन शाहलाई अपमानजनक शब्द बोलेको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
युट्युबमा भिडिओमा उनले प्रधानमन्त्री शाहसहित विभिन्न नेताहरूमाथि गालीगलौज र अपमानजनक शब्दहरू बोलेपछि प्रहरीले पाँचथर प्रहरीले चैत २७ गते पक्राउ गरेको थियो।
उनी पक्राउ परेपछि सरकारको आलोचना समेत भएको थियो। त्यसपछि प्रहरीले चैत २९ गते हजुरआमा र काकाको जिम्मामा उनलाई छाडिएको थियो। हाजिर जमानीमा राखिएका उनीविरूद्ध प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत पाँचथरमा विद्युतीय कारोबार ऐन, २०६३ कसुरमा मुद्दा दर्ता गरेको थियो। सोही मुद्दाको सुनुवाइ गर्दै अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।











